मा प्रकाशित
असोज २५, दाङ ।
लगातारको वर्षाका कारण आएको बाढी, पहिरोबाट अवरुद्ध भएका १४ सडक अझैँ सञ्चालनमा नआउँदा यात्रुहरूलाई समस्या भएको छ । असोज १८ बाट निरन्तर परेको पानीका कारण राष्ट्रिय राजमार्ग अन्तर्गतका ४४ सडक खण्ड अवरुद्ध भएको सडक विभागले जनाएको छ ।
विभागका अनुसार २३ सडक खण्ड भने सञ्चालनमा आइसकेका छन् । कर्णाली प्रदेशका कालिकोट, जुम्लालगायतका जिल्लाका सडक खण्ड बढी प्रभावित भएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले जानकारी दिनुभयो ।