असाेज २५, दाङ ।
दाङमा अवस्थित एक विद्यालयका विद्यार्थीहरू स्थानीय पाठ्यक्रममा रहेका विषयवस्तुबारे थप जानकारी लिन उपमहानगरपालिका पुगेका छन् ।
जिल्लाकाे घाेराही उपमहानगरपालिका वडा नं. १८ स्थित राजविद्या पाठशालाका विद्यार्थीहरू स्थानीय पाठ्यक्रममा समेटिएका विषयमा थप ज्ञान लिन उपमहानगरपालिका कार्यालयमा पुगेका हुन् ।
विद्यालयले नै तयार गरेकाे स्थानीय पाठ्यक्रममा रहेकाे दाङ जिल्लाका पालिका र पालिकाका काम, कर्तव्यका बारेमा थप जानकारी लिन उपमहानगरपालिका पुगी नगर प्रमुख नरूलाल चाैधरीलाई भेटी परामर्श गरेका छन् ।
कक्षा ६ र ७ मा अध्ययनरत विद्यार्थीहरूले नगर प्रमुख चाैधरीसँग उपमहानगरपालिकाबाट नागरिकले प्राप्त गर्ने सेवा सुविधा, प्रक्रिया, मेयरका काम कर्तव्य तथा उपमहानगरपालिकाकाे शैक्षिक अवस्था लगायतका विषयमा जिज्ञासा राखेका थिए । विद्यार्थीले राखेका जिज्ञासाबारे नगर प्रमुख चाैधरीले जवाफ दिदैं स्थानीय सरकारले गर्ने काम कर्तव्यका बारेमा समेत स्पष्ट पारेका थिए ।