बालबालिकालाई कात्तिक २ र ३ भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै – Kanika Khabar
Tuesday, September 17Nepali News Portal

बालबालिकालाई कात्तिक २ र ३ भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    मा प्रकाशित

असोज २५, दाङ ।
पाँच वर्ष मुनिका बालबालिकालाई कात्तिक २ र ३ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सरकारले अनुरोध गरेको छ ।

आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको हो । स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले ६ देखि ५९ महिनाका २७ लाख बालबालिकाहरूलाई भिटामिन ए क्याप्सुल खुवाइने जनाएको छ ।

१ देखि ५ वर्षसम्मका २३ लाख ९३ हजार बालबालिकालाई जुकाको औषधि खुवाइने विभागले जनाएको छ । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालबाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

२०५६ बाट जुकाको औषधि खुवाउन थालिएको हो ।‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रममा देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिकालाई खुवाउने गरिन्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्