भारतलाई बिजुली बेचेर ७ अर्बभन्दा बढीको रकम नेपाल भित्रियो – Kanika Khabar
Thursday, September 19Nepali News Portal

भारतलाई बिजुली बेचेर ७ अर्बभन्दा बढीको रकम नेपाल भित्रियो

    मा प्रकाशित

असोज २६, दाङ ।
नेपाल विद्युत प्राधिकरणले भारतलाई विद्युत बेचेर नेपालले ७ अर्बभन्दा बढी रकम आर्जन गरेको बताएको छ ।

देशभित्र खपत गरी बढी भएको वर्षायामको विद्युत गएको जेठ १९ गतेदेखि निर्यात सुरु गरेकामा असोज २५ गतेसम्म१ अर्ब ३० लाख युनिट निर्यात भएको प्राधिकरणले जनाएको छ ।

इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री गरी४ अर्ब ९५ करोड ७६ लाख भारतीय रुपैयाँ अर्थात् ७ अर्ब ९३ करोड रुपैयाँ बराबरको नेपाली रकम भित्रिएको हो ।

विद्युत निर्यात एक अर्ब युनिट नाघ्नु नेपालको लागि ठूलो उपलब्धी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । प्राधिकरणले चालु आर्थिक वर्षमा विद्युत निर्यातबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ ।निर्यात गरिएको विद्युतको प्रतियुनिट औसत मूल्य ७ रुपैयाँ ९१ पैसा रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्