असाेज २६, चितवन ।
चितवन क्षेत्र नं. ३ मा नेपाली काङ्ग्रेसका बागी उम्मेदवारलाई समर्थन गर्दै नेकपा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएकाे छ ।
एमालेले उम्मेदवारी फिर्ता लिदै काङ्ग्रेसका बागी उम्मेदवारलाई समर्थन गरेपछि सत्तारुढ गठबन्धनका उम्मेदवारलाई सकस हुने निश्चितप्राय: भएकाे छ ।
चितवन ३ मा गठबन्धनकाे बागी उम्मेदवार नेपाली कांग्रेसका दिनेश कोइराला रहेका थिए ।
एमालेले रामप्रसाद न्यौपानको उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवारी दिएका काेइरालालाई समर्थन गरेका हुन् ।
चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको पत्र पठाएर न्यौपानेको उम्मेदवारी फिर्ता लिइएको छ ।