एमाले लुम्बिनीका ३१ जनाद्वारा राजीनामा, घनश्याम भुसाललाई सघाउने – Kanika Khabar
Sunday, April 20Nepali News Portal

एमाले लुम्बिनीका ३१ जनाद्वारा राजीनामा, घनश्याम भुसाललाई सघाउने

    मा प्रकाशित

असोज २७, दाङ ।
नेकपा एमाले लुम्बिनीका ३१ जना नेता–कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका छन् । रुपन्देहीको क्षेत्र नम्बर १ का मतदाता रहेका उनीहरूले घनश्याम भुसाललाई सघाउने बताएका छन् ।

एमाले नेता भुसाललाई पार्टीले टिकट नदिएपछि उहाँले रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । लुम्बिनीका दुई जना प्रदेश कमिटी सदस्य सहित ३१ जनाले आज भैरहवामा पत्रकार सम्मेलन गर्दै आफुहरूले पार्टी परित्याग गरेको र निर्वाचनमा भुषाललाई पूर्ण समर्थन गर्ने बताएका छन् ।

रोहिणी गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत रहेका एमाले प्रदेश कमिटी सदस्य सनोजकुमार यादव, अर्का सदस्य शैलेन्द्र उपाध्यायसँगै रोहिणी गाउँपालिका कमिटी सचिव इन्द्रजीत कुमारसहितका पदाधीकारी, सदस्य, वडा कमिटीका पदाधिकारी तथा सदस्य र युवासंघका स्थानीय नेता–कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

उनीहरूले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीले तानाशाही प्रवृत्ति देखाउने गरेको आरोप लगाएका छन् । ‘पार्टी राम्रो हुँदाुहँदै पनि पार्टीमा नीति नभई व्यक्ति हावी भएको, पार्टी अध्यक्षको निरंकुशता, इमान्दार नेतालाई पाखा लगाइएको, चरम गुटबन्दी, स्थानीय निर्वाचनमा पार्टी नेतृत्वको असहयोग जस्ता विभिन्न कारणले गर्दा हामी एमालेमा रहन सकेनौं’, उनीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्