यस वर्षकाे एसइइ परीक्षा चैत्र दाेस्राे सातादेखि – Kanika Khabar
Saturday, July 19Nepali News Portal

यस वर्षकाे एसइइ परीक्षा चैत्र दाेस्राे सातादेखि

    मा प्रकाशित

असाेज २७, दाङ ।

राष्ट्रिय परीक्षा बाेर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) को वार्षिक परीक्षा चैत दोस्रो हप्तादेखि सञ्चालन हुने बताएकाे छ ।

बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको शैक्षिक सत्र २०७९ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका अनुसार २०७९ को चैत दोस्रो सातादेखि एसइइ परीक्षा हुनेछ ।

त्यसको नतिजा २०८० को असार तेस्रो हप्ताभित्र प्रकाशन गरिने कार्यतालिका छ । परीक्षा सञ्चालन जिल्ला/प्रदेश/परीक्षा नियन्त्रण कार्यालयले संयुक्त रूपमा लिनेछ । त्यसको नतिजा प्रकाशन गर्ने काम चाही बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले गर्नेछ ।

माघको पहिलो हप्तामा परीक्षाको समय तालिका प्रकाशन गरिने कार्यालयले बताएकाे छ ।

प्रयोगात्मक परीक्षाको अंक र अयोग्य विवरण फागुन मसान्तभित्र पठाइसक्नुपर्नेछ ।

पुरक परीक्षा भने २०८० को साउन अन्तिम हप्तामा हुनेछ । कक्षा ९ को विद्यार्थी रजिष्ट्रेशन सम्बन्धमा नयाँ व्यवस्था गरिने भएकाले प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिसँग समन्वय गरी सो सम्बन्धी समय तालिका पछि प्रकाशन गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्