दाङ २(२) को आवश्यकता : विद्यार्थी जीवनबाटै राजनीतिमा खारिएका ‘प्रचण्ड’ – Kanika Khabar
Sunday, September 15Nepali News Portal

दाङ २(२) को आवश्यकता : विद्यार्थी जीवनबाटै राजनीतिमा खारिएका ‘प्रचण्ड’

    मा प्रकाशित

May be an image of 1 person, tree and text

असोज २८, दाङ ।

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको मिति आउन ३७ दिन मात्र बाँकी रहेको छ । निर्वाचनको मिति नजिकिरहँदा चुनावी गतिविधिले पनि बाक्लो रुप लिन थालेका छन् ।

यसपालिका निर्वाचनमा केही नयाँ अनुहार पनि देखिएका छन् । नयाँ अनुहार मैदानमा उत्रिरहँदा मतदातामा पनि उस्तै जोश र उत्साह भरिएको छ । दाङ क्षेत्र नं. २ (२) मा गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रुपमा चुनावी मैदानमा रहेका छन् नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका प्रवक्ता प्रचण्डविक्रम न्यौपाने । न्यौपाने संसदीय निर्वाचनका लागि नयाँ अनुहार हुन् राजनीतिक परिपक्वताका दृष्टिले खारिएका व्यक्ति हुन् ।

२०३६ सालमा दाङको हापुरमा जन्मिएका न्यौपाने १४ वर्ष पुग्दा नपुग्दै राजनीतिमा सक्रिय रहे । २०५० सालमै मावि रतनपुरमा अध्ययन गर्दा नेपाल विद्यार्थी संघको इकाइ समितिमा रहेर राजनीतिक ‘डेब्यु’ गरेका न्यौपाने विद्यार्थी राजनीतिबाटै राजनीतिमा खारिएका व्यक्ति हुन् ।

एसएलसी पश्चात उच्च शिक्षा अध्ययन गर्न काठमाडौँ पुगेका न्यौपानेले पढाइसँगै राजनीतिलाई पनि छाडेनन् । काठमाडौंस्थित आरआर क्याम्पसमा आम सञ्चार (पत्रकारिता) विषय लिएर अध्ययन गर्दै गरेका न्यौपानेलाई पत्रकारिताभन्दा राजनीतिले बढी आकर्षण गर्न थाल्यो । ‘पत्रकारिता पढिरहँदा फिल्डमा समाचार रिपोर्टिङ गरिरहँदा दाङमा चढेको राजनीतिक नसा राजधानीमा झन गहिरो बन्दै गयो । कार्यक्रममा रिपोर्टिङ गरिरहँदा नेताका भाषण र राजनीतिक गतिविधिले राजनीतिक वृत्तमा झनै कस्न थाले । समाचारका व्यास र अर्धव्यास कोर्ने मानसिकता राजनीतिक परिधिका वरिपरि घुम्न थाल्यो । परिणामतः राजनीतिबाट आफूलाई अलग राख्न सकेनँ ।’ उनले थपे, ‘ समाजसेवाको असल अस्त्र राजनीति हो । विकास र परिवर्तनका लागि पनि राजनीतिप्रति म बढी टाँसिएँ । म काठमाडौँका गल्लीमा भौतारिरहँदा, काठमाडौँको भौतिक विकासलाई नजिकबाट नियाँलिरहँदा दाङलाई सम्झन्थेँ । विकासका लागि राजनीति, राजनीतिका लागि नेता मेरा मगजमा फनफनी घुमिरहन्थ्यो । समृद्ध दाङ, सम्पन्न दाङ, सुखी दाङवासी मेरो इरादा बन्यो । र, म निरन्तर जोडिरहेँ राजनीतिसँग ।’

२०५६ मा स्नातक तह अध्ययन गर्न उनी काठमाडौँस्थित त्रिचन्द्र कलेजमा भर्ना भए । राजनीतिसँगै समाजसेवाका भावना जागृत भइसकेका न्यौपाने समाजशास्त्र विषय लिएर अध्ययन गर्न थाले । २०५७ मा स्ववियु सदस्य भएर न्यौपाने २०६० मा स्ववियु सचिव भए त्रिचन्द्र कलेजमा अध्ययन गर्दै गर्दा । २०६२ देखि २०६५ सम्म दुई कार्यकाल नेविसंघ इकाइ सभापति भएर नेतृत्व लिइसकेका न्यौपाने नेतृत्वमा ‘काबिल’ मानिन्छन् । २०६५ देखि २०६८ सम्म नेविसंघका सह महामन्त्री भएका न्यौपाने पार्टीको चौधौ महाधिवेशनबाट लुम्बिनी प्रदेशका सदस्य तथा प्रवक्ता भएका छन् ।

२०६२/०६३ को जनआन्दोलनमा काठमाडौंमै रहेर आन्दोलन गरेका न्यौपाने आन्दोलनको क्रममा पक्राउ परे र दुई महिना हिरासतमा समेत रहेका थिए ।

चुनावी गतिविधि : जनताका घरघरमा प्रचण्ड

न्यौपानेले घरबाटै राजनीतिक संस्कारमा हुर्कदै आए । घरमै राजनीतिक वातावरण पनि पाए । ‘राजनीतिको पहिलो पाठशाला मेरा लागि घर नै बन्यो । हजुरबुबा नै राजनीतिमा सक्रिय भएका कारण पनि घरमा हुने नेता तथा कार्यकर्ताको जनघटले राजनीतिक अध्याय सिकाउँदै लग्यो मलाई । हजुरबुबा पछि बुबाको राजनीतिक सक्रियता मेरा लागि लागि राजनीति नजिकबाट नियाल्ने अबसर बन्यो । ’ न्यौपानेले बताए ।

दाङका पुराना नेता जुद्धबहादुर न्यौपाने परिचित नाम हो । कुनै समयमा जुद्ध बहादुर न्यौपाने दाङ काङ्ग्रेसका लागि पर्याय थिए । न्यौपाने २०१५ सालमा निर्वाचित सांसद बने । २०५० सालमा राष्ट्रिय सभा सदस्य बने । उनै न्यौपाने नाती प्रचण्ड यतिबेला दाङ २(२) को निर्वाचनका लागि चुनावी दौडमा रहेका छन् । त्यसो त प्रचण्ड दाङका पुराना काङ्ग्रेस नेता भरतबहादुर न्यौपानेका छोरा हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्