छन्दमा गुन्जिए स्रष्टाहरू – Kanika Khabar
Friday, May 16Nepali News Portal

छन्दमा गुन्जिए स्रष्टाहरू

    मा प्रकाशित

असाेज २८, दाङ ।

दाङका स्रष्टाहरू छन्द संगममा गुन्जिएका छन् । आज शुक्रबार राप्ती साहित्य परिषद् दाङ शाखाकाे आयाेजनामा आयाेजित ६५ ओैँ श्रृङखलाकाे कार्यक्रममा स्रष्टाहरूले छन्दका रचना वाचन गरेका हुन् ।

कार्यक्रममा पुरूषाेत्तम खनाल, गणेश विषम, नारायण नेपाल, डा. हिमलाल पन्थी, हरि पाैडेल स्वर्ण शीखा, नगेन्द्र गुरु, विना राेका, दामोदर पाैडेल र धनसिंह गिरी लगायतले रचना वाचन गरेका थिए ।

प्रमुख अतिथि राप्ती साहित्य परिषद्का सल्लाहकार पुरूषाेत्तम खनालकाे प्रमुख आतिथ्यता र वरिष्ठ साहित्यकार गणेश विषमकाे विशिष्ट आतिथ्यता कार्यक्रम सम्मपन्न भएकाे हाे ।

वाचित रचनाहरूकाे समीक्षा साहित्यकार डा. हिमलाल पन्थीले गरेका थिए ।

दाङ शाखाका अध्यक्ष दीपक शर्मा समीरकाे अध्यक्षता तथा सदस्य हरि पाैडेल स्वर्ण शीखाकाे स्वागत मन्तव्यबाट शुभारम्भ भएकाे कार्यक्रमकाे सहजीकरण सदस्य बिना राेकाले गरेकी थिइन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्