असोज २८, काठमाडौँ ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली काँग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई बर्खास्त गरेपछि राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली काँग्रेसका ३ मन्त्रीलाई बर्खास्त गर्नुभएको हो ।
काँग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह रहेका छन् । उनीहरूलाई मुख्यमन्त्री राउतले फोन गरी राजीनामा दिन आग्रह गर्नुभएको थियो । तर राजीनामा नदिएपछि बर्खास्त गरेको बुझिएको छ ।