डडेल्धुरामा काङ्ग्रेस बिपीलाई एमालेले समर्थन नगर्ने – Kanika Khabar
Sunday, September 15Nepali News Portal

डडेल्धुरामा काङ्ग्रेस बिपीलाई एमालेले समर्थन नगर्ने

    मा प्रकाशित

असाेज २९, डडेल्धुरा ।

 नेकपा एमालेले डडेलधुरामा नेपाली कांग्रेस (विपी)सँग गरेको चुनावी तालमेल भङ्ग गरेको छ । एमाले जिल्ला कमिटी डडेल्धुराको पूर्ण बैठकले तालमेल भङ्ग गर्ने निर्णय गरेको हो । अब एमाले यस क्षेत्रमा गरी एकलरुपमा निर्वाचनमा होमिने भएको छ।

नेपाली कांग्रेस (विपी)ले तालमेलको सहमति उल्लङ्घन गरी डडेल्धुरा जिल्ला निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवारसँग तालमेल गरेको एमालेको आरोप छ । एमालेले प्रतिनिधिसभामा कांग्रेस विपीका कर्ण मल्ललाई सघाएको थियो भने प्रदेशसभाको ‘क’ र ‘ख’ दुबैमा कांग्रेस बीपीले एमालेलाई सघाउने सहमति भएको थियो ।

एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गठबन्धनलाई परास्त गर्न डडेल्धुरा जिल्ला निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रतिनिधि सभामा नेपाली कांग्रेस (विपी) र प्रदेश सभा अन्तर्गत १ र २ निर्वाचन क्षेत्रमा हाम्रो पार्टीका उम्मेदवारले चुनावी तालमेल गरी निर्वाचनमा होमिने सहमति भएकोमा कांग्रेस (विपी) ले उक्त सहमति उल्लङ्घन गरी प्रदेश सभा २ मा स्वतन्त्र उम्मेदवारसँग तालमेल गर्ने कार्यप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

नेकपा (एमाले) ले डडेल्धुरा जिल्लाका प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा पठान सिंह बोहरा र प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा गजेन्द्र बहादुर शाहीलाई मत दिन अपिल गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्