तीन वटा निर्वाचन चिह्नमा सामान्य हेरफेर – Kanika Khabar
Saturday, July 12Nepali News Portal

तीन वटा निर्वाचन चिह्नमा सामान्य हेरफेर

    मा प्रकाशित

असोज ३०, दाङ ।
निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्धारित चिह्नमध्ये तीन वटामा सामान्य हेरफेर गरेको छ ।

आयोगको असोज २७ गतेको निर्णय अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्यको निर्वाचन निर्देशिका, २०७९ को दफा ८७ ले दिएको अधिकार प्रयोग गरी ती निर्वाचन चिह्नको अनुसूचीमा रहेको आकारमा हेरफेर गरिएको हो। चिह्न भने उही रहेको छ ।

निर्वाचन आयोगमा अभिलेखमा रहेको निवर्नचन चिह्नको नाम र चिह्नमा केही भिन्नता देखिएको र आयोगमा रहेको अभिलेख र निर्देशिकामा रहेको विवरणबीच भिन्नता पाइएकाले उक्त निर्णय गरिएको हो ।

निर्णय बमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची २९ को क्रम सङ्ख्या १३ मा रहेको हाम्रो नेपाली पार्टीको निर्वाचन चिह्न लौरो र अनुसूची ३० को खण्ड क मा रहेका प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रयोजनका लागि राखिएको स्वतन्त्र उम्मेदवारको निर्वाचन चिह्न अन्तर्गत डोजर र क्रस खुकुरी निर्वाचनमा समेत हेरफेर गरिएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्