सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त भेला गर्ने – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त भेला गर्ने

    मा प्रकाशित

असोज ३०, दाङ ।
सत्तारुढ गठबन्धनमा सहभागी दलहरूले देशका सातै प्रदेशमा संयुक्त भेला गर्ने भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठकले प्रदेशस्तरीय भेला गर्ने निर्णय गरेको गठबन्धनले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

कात्तिक ४ गते पोखरामा हुने संयुक्त भेलाको समन्वय नेकपा एकीकृत समाजवादीले गर्ने छ । यस्तै ४ गते नै बुटवलमा, ५ गते विराटनगर र जनकपुरमा तथा ६ गते सुर्खेतमा हुने भेलाको नेपाली काँग्रेसले समन्वय गर्ने छ ।

६ गते धनगढीमा र ७ गते काठमाडौंमा हुने प्रदेशस्तरीय संयुक्त भेलाको समन्वय गर्ने जिम्मेवारी भने नेकपा माओवादी केन्द्रले पाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्