असोज ३०, दाङ ।
आज बिहान उपचारका क्रममा निधन भएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली दिनुभएको छ ।
जोशीको शरीर अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको प्रांगणमा राखिएको थियो ।
प्रधानमन्त्री देउवाका साथै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि ललिपुर पुगेर जोशीलाई श्रद्धाञ्जली दिनुभएको छ ।
अन्तिम श्रद्धाञ्जलीका लागि जोशीको शव ४ बजेसम्म महानगरमा राखेर त्यसपछि भने किस्ट अस्पताललाई बुझाउने प्रक्रिया तय भएको छ । उहाँलाई राष्ट्रिय सम्मान दिइएको छ ।