समृद्धिका लागि मतदान : प्रचण्ड (भिडियोसहित) – Kanika Khabar
Saturday, July 19Nepali News Portal

समृद्धिका लागि मतदान : प्रचण्ड (भिडियोसहित)

    मा प्रकाशित

असोज ३१, दाङ ।

नेपाली काङ्ग्रेसका नेता तथा लुम्बिनी प्रदेश दाङ २(२) का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार प्रचण्ड विक्रम न्यौपानेले समृद्धिका मतदान गर्नुपर्ने बताएका छन् । आज सोमबार घोराही उपमहानगरपालिका वडा नं. १६ को सम्पर्क कार्यालय उद्घाटन गर्दै नेता प्रचण्डले विकासका लागि, समृद्धिका लागि मतदान गर्नुपर्ने बेला भएको बताएका हुन् ।

संविधानको संरक्षणका लागि बाम लोकतान्त्रिक गठबन्धको आवश्यकता रहेको औँल्याउँदै नेता प्रचण्डले भने, ‘संविधानको रक्षार्थ अहिले बाम लोकतान्त्रिक गठबन्धन आवश्यक रहेको छ । तत्कालीन प्रधामन्त्री केपी शर्मा ओलीले संविधान मास्न खोज्दा संविधानको रक्षाका लागि गठबन्धन भएको हो ।’

हेर्नुहोस् भिडियो

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्