बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन माओवादी केन्द्रको निर्देशन – Kanika Khabar
Sunday, September 15Nepali News Portal

बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन माओवादी केन्द्रको निर्देशन

    मा प्रकाशित

असोज ३१, दाङ ।
नेकपा माओवादी केन्द्रले आफ्ना बागी उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन आज साँझसम्मको समय दिएको छ । बागी उम्मेदवारी निष्कृय नगराए कारबाही गर्ने समेत चेतावनी पनि माओवादी केन्द्रले दिएको छ ।

मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा गठबन्धन र पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने उम्मेदवार, प्रस्ताव र समर्थकलाई माओवादीले पार्टीबाट निष्कासन गर्ने भएको हो ।

आज कार्यलय सचिव श्रीराम ढकालले विज्ञप्ति जारी गरीसाँझसम्म बागी उम्मेदवारले आफ्नो उम्मेदवारी निष्कृय नपारे कारबाही हुने जानकारी दिनुभएको हो ।आफ्नो उम्मेदवारी फिर्ता लिएर पार्टी र गठबन्धन दलभित्रका आधिकारिक उम्मेदवारलाई विजयी गराउन पूर्ण रूपमा सक्रिय रहने प्रतिबद्धतासहित आज साँझसम्म सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गरेमा वा आफ्नो उम्मेदवारी निष्कृय गराए कारबाही फिर्ता हुने पनि माओवादीले जनाएको छ ।

गठबन्धन दलहरूबीच सहमति भई बनेका नेकपा माओवादीका आधिकारिक उम्मेदवारविरुद्ध एवं गठबन्धन दलबीच सहमति भई बनेका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिई तोकिएको मिति र समयभित्र उम्मेदवारी फिर्ता नलिएका त्यस्ता बागी उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई सम्पूर्ण जिम्मेवारीसहित पार्टीबाट निष्कासनको कारबाही गरिएको विज्ञप्तिमा भनिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्