काँग्रेसको निर्वाचन परिचालन समितिको बैठक आज बस्दै – Kanika Khabar
Thursday, June 19Nepali News Portal

काँग्रेसको निर्वाचन परिचालन समितिको बैठक आज बस्दै

    मा प्रकाशित

कार्तिक १, काठमाडौँ ।

नेपाली काँग्रेसको निर्वाचन परिचालन समितिको बैठक आज बस्दैछ । दिउँसो २ बजे पार्टी कार्यालयसानेपा ललितपुरमा बस्ने बैठकमा आगामी मङ्सिर ४ को निर्वाचनमा कसरी पार्टीको नेतृत्वदेखि गाउँस्तरका कार्यकर्ता परिचालन गर्ने भन्ने बारेमा छलफल हुने काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

चुनावका लागि तयार पारिएको घोषणापत्रलाई अन्तिम रूप दिने काम पनि भइरहेको छ । पर्सिसम्ममा घोषणापत्रलाई प्रेसमा पठाउने तयारी भएको सचिव पौडेलले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्