चुनावपछि पनि गठबन्धन कायम रहन्छ : मन्त्री श्रेष्ठ – Kanika Khabar
Sunday, September 15Nepali News Portal

चुनावपछि पनि गठबन्धन कायम रहन्छ : मन्त्री श्रेष्ठ

    मा प्रकाशित

कार्तिक १, दाङ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावपछि पनि गठबन्धन कायम रहने बताउनुभएको छ ।

बाम–लोकतान्त्रिक गठबन्धनबाट काठमाडौँ ८ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनुभएका मन्त्री श्रेष्ठले प्रतिगमनको खतरा रहेसम्म सत्तारुढ दलहरुबीच रहेको गठबन्धन कायम रहने बताउनुभयो ।चुनावी प्रचारप्रसारको क्रममा मन्त्री श्रेष्ठले अहिलेको चुनावमा प्रतिगमन र अग्रगमनबीचको प्रतिस्पर्धा हुने बताउनुभयो ।

विगतको लोकतान्त्रिक आन्दोलनमा सामेल भएका दलहरूबीच बाम–लोकतान्त्रिक गठबन्धन कायम गरिएको भन्दै मन्त्री श्रेष्ठले सत्ता गठबन्धनबीच सहकार्य चुनावपछि पनि जारी रहने बताउनुभएको हो ।

संविधान, लोकतन्त्र र संसदको रक्षाका लागि आफुहरुले गठबन्धन बनाएको उहाँको भनाइ छ । काठमाडौँ ८ मा आफूले सुरु गरेका कयौँ परियोजना निरन्तरताका लागि आफू उम्मेदवार बनेको मन्त्री श्रेष्ठको दाबी छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्