देशभरका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै – Kanika Khabar
Thursday, September 19Nepali News Portal

देशभरका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    मा प्रकाशित

कार्तिक २, दाङ ।
देशभरका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५ वर्षसम्मका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र १ देखि ५ वर्षसम्मका २३ लाख ९३ हजार बढी बालबालिकाहरूलाई जुकाको औषधि खुवाउन लागेको हो ।महाशाखाले आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ ।

आज खान छुटेकाहरूलाई खुवाउन सकिने मन्त्रालयले जनाएको छ ।सोही अवसरमा एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधिसमेत खुवाइने छ ।

सरकारले वि.सं. २०५० बाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ भने जुकाको औषधि वि.सं. २०५६ बाट खुवाउन थालिएको हो ।

‘राष्ट्रिय भिटामिन ‘ए र जुकाको औषधि’ कार्यक्रम सञ्चालनका लागि २५ हजार स्वास्थ्यकर्मी र ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालित हुनेछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्