सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति – Kanika Khabar
Thursday, June 12Nepali News Portal

सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

    मा प्रकाशित

कार्तिक २, दाङ ।
किशोरी बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले बुधवार पुनः ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । गत असोज २० पक्राउ परेका क्रिकेटर लामिछानेलाई २० गतेबाट गणना हुनेगरी गएको असोज २४ गते ७ दिनका लागि म्याद थप गरिएको थियो । त्यो समय सकिएपछि असोज २७ गते पुनः थप ५ दिन अनुसन्धानका लागि समय उपलब्ध गराएको थियो ।

दोस्रो पटक थपिएको समय पनि सकिएपछि कात्तिक १ गतेका लागि अदालतमा उपस्थित गराउनुपर्नेमा सार्वजनिक बिदाका कारण आज ९बुधवार० अदालतमा उपस्थित गराइएको हो । अदालतले आज पुनः ४ दिनको म्याद थप गरी अनुसन्धान गर्न नेपाल प्रहरीलाई अनुमति दिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्