जसपा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री व्यवस्था गर्ने प्रतिवद्धता सहित चुनावमा जाने – Kanika Khabar
Sunday, September 15Nepali News Portal

जसपा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री व्यवस्था गर्ने प्रतिवद्धता सहित चुनावमा जाने

    मा प्रकाशित

कार्तिक २, काठमाडौँ ।
जनता समाजवादी पार्टी नेपाल जसपा शासकीय स्वरुपमा जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री व्यवस्था गर्ने प्रतिवद्धता सहित चुनावमा जाने भएको छ । मङ्सिर ४ गते हुने निर्वाचनका लागि तयार पारेको प्रतिवद्धता पत्रमा जसपाले भनेको छ ।

प्रत्यक्ष तथा सहभागितामूलक समावेशी लोकतन्त्रको मान्यता अनुरुप सङ्घमा बालिग मताधिकारमा आधारित जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था गर्ने तथा प्रदेशहरूमा मुख्यमन्त्री तथा विशेष संरचना र स्थानीय तहहरुमा त्यहाँका कार्यकारी प्रमुख पनि बालिग मताधिकारको आधारमा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने जसपाको घोषणापत्रमा उल्लेख छ । यस्तै, सङ्घीय संसद र प्रदेशसभाहरू पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट चयन गरिने पनि पार्टीले प्रतिबद्धता व्यक्त गरेको छ ।

जसपाले कुनैपनि व्यक्ति दुई कार्यकालभन्दा बढी कार्य समय कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था गर्ने प्रतिवद्धता जनाएको छ । कार्यकारी राष्ट्रपतिले समावेशी रुपमा सक्षम व्यक्तिहरुको छनौट गरी मन्त्रिपरिषद् बनाउने र ती मन्त्रीहरु राजनीतिज्ञ र विशेषज्ञहरू मध्येबाट नियुक्त हुने जसपाले जनाएको छ ।

जसपाले खस समुदायका लागि पनि आत्मनिर्णयको अधिकारसहित स्वायत्त प्रदेश गठन गरी खस र आर्यको अलग राष्ट्रिय पहिचान स्थापित गरिनुपर्ने प्रतिवद्धता पत्रमा जनाएको छ । खसान प्रदेशका जनतालाई समान अवसरका साथै खस समुदायलाई राज्यको सबै निकायमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिनुपर्ने जसपाले प्रतिवद्धता जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्