नेकपा एसले बनायो केन्द्रीय निर्वाचन परिचालन समिति – Kanika Khabar
Sunday, September 15Nepali News Portal

नेकपा एसले बनायो केन्द्रीय निर्वाचन परिचालन समिति

    मा प्रकाशित

कार्तिक २, काठमाडौँ ।

नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २५०१ जनाको केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

आज बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले महासचिव बेदुराम भुसालको संयोजकत्वमा २२ सदस्यीय निर्वाचन परिचालन केन्द्रीय सचिवालय सहित अध्यक्ष नेपालको नेतृत्वमा उक्त संख्याको निर्वाचन परिचालन समिति गठन गरेको महासचिव डा.बेदुराम भुसालले जानकारी दिनुभयो ।

निर्वाचन परिचालन समितिमा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय आयोगहरू, केन्द्रीय सल्लाहकार परिषद् केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय परिषद्का पदाधिकारी एवं सदस्यहरू र पार्टीका प्रदेश कमिटीका पदाधिकारीहरू एवं जनवर्गीय संगठनका पदाधिकारीहरू रहनेछन् ।

सचिवालयले निर्वाचन परिचालन तथा व्यवस्थापनका सम्बन्धमा तत्काल आवश्यक निर्णयहरू गर्ने तथा तत्तसम्बन्धमा सम्पादन गर्नुपर्ने कार्यहरु गर्ने छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्