जनताका गुनासा सुन्दै प्रचण्ड – Kanika Khabar
Sunday, September 15Nepali News Portal

जनताका गुनासा सुन्दै प्रचण्ड

    मा प्रकाशित

कार्तिक २, दाङ ।
केही दिन यता मतदाताहरुसँगको सामिप्यता कसिरहेका छन् प्रचण्ड न्यौपानेले । दाङ क्षेत्र नम्बर २ (२) का सत्तारुढ गठबन्धनका तर्फबाट प्रदेशसभा सदस्य उम्मेदवार न्यौपाने आफ्नो जीतका लागि मत मात्रै मागिरहेका मात्रै छैनन् , उनको उम्मेदवारी राजनीतिप्रतिको आमअपेक्षा र राजनीतिले प्रदान गर्न सकेका ÷ नसकेका बिषयहरुको सुचिकृत गर्ने र समाधानका लागि पहलकदमी गर्ने दृढ ‘अठोट’ पनि हो । चुनावी दौडका क्रममा उनले आम मतदाताहरुको समस्या, गुनासालाई लिपिवद्ध गरिरहेका छन्, अनि समस्या समाधानका लागि ठूलो जटिलता पनि देख्दैनन् ।

उनी यति मात्रै भन्छन् ‘राज्य जनता प्रति उत्तरदायि नहुँदा मतदाताहरुबाट स्वाभाविकै रुपमा यस्ता गुनासाहरु आउँछन् ।’ आम नागरिकको समस्या समाधानको सहज बाटो पहिल्याईसकेका छन् उनले । अनि त दाबीका साथ भन्छन् ‘हाम्रो जनजीविकामा आईपर्ने समस्या समाधान गर्न सकेन भने म त्यसै दिन देखि राजनीतिबाट बिश्राम लिने छु ।’ उनको उम्मेदवारी वा निर्वाचन लड्नुको अन्तर्य भनेकै जनताप्रति नागरिकलाई उत्तरदायी बनाउनु नै हो । उनी भन्छन् ‘हाम्रा मौलिक अधिकार प्राप्तीका लागि राज्यलाई उत्तरदायी बनाउनै पर्छ, राज्यलाई हामीप्रति उत्तरदायी बनाउन मेरो उम्मेदवारी हो ।’ जनताका आधारभुत आवश्यक्ता परिपूर्तिको ‘एजेण्डा’ शिरोपर गर्दै चुनावी मैदानमा खटिएका न्यौपानेले आफ्नो चुनावी क्षेत्रका एक÷एक मतदाताका समस्यालाई पहिचान गर्ने योजनामा छन् । ‘म प्रत्येक मतदातासँग समीप रहेर उहाँहरुकै मुखबाट समस्या, गुनासो सुन्न खोजिरहेको छु,’ उनले भने ‘ता कि मलाई जनताका समस्याप्रति उत्तरदायी बनेर जनताको नजरमा असल राजनीतिकर्मी बन्न थप बाटो मिलोस् ।’

मतदातासँगको सामिप्यता कसिरहेका न्यौपानले बुधबार तुलसीपुर १८ का मतदाताहरुसँग साक्षात्कार गरेका छन् । त्यहाँका नागरिकको समस्या सुनेका न्यौपानेले उसैगरी जवाफ दिए ‘म पहिलो पटक जनप्रतिनिधिका लागि निर्वाचन लड्दै छु, यी समस्या मैले सहजै समाधान गर्ने छु, यदि सकेनँ भने त्यही दिन देखि राजनीतिबाट बिदा हुने छु ।’ न्यौपानेले गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार रेखा शर्मा सहित तुलसीपुर १८ का दुधरास, सातकुले, गगन टोल, हेमन्तापुर, ग्वारखोला, खोली गाउँ, बिजौरीका मतदाताहरुसँग साक्षत्कार गरे । ग्वार खोला र खोलीगाउँमा उनीहरुलाई बाजागाजा सहित स्वागत समेत गरिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्