दसौँ संस्करणको राष्ट्रिय खेलकुद कर्णालीमा हुने – Kanika Khabar
Thursday, June 19Nepali News Portal

दसौँ संस्करणको राष्ट्रिय खेलकुद कर्णालीमा हुने

    मा प्रकाशित

कार्तिक ३, दाङ ।
दसौँ संस्करणको राष्ट्रिय खेलकुद कर्णालीमा आयोजना हुने भएको छ । कर्णालीमा पहिलो पटक बृहत राष्ट्रिय खेलकुद आयोजना हुने भएको हो। अब दुई वर्षपछि हुने राष्ट्रिय खेलकुद कर्णालीले आयोजना गर्नेछ ।

हिजो बुधबार पोखरामा बसेको राष्ट्रिय खेलकुदको बोर्ड बैठकले २०८१ सालमा कर्णालीमा राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको हो। तर कुन महिना गर्ने विषयमा अहिले टुंगो लागेको छैन।

बैठकमा एघारौं राष्ट्रिय खेलकुद मधेश प्रदेशमा आयोजना गर्नका लागि पनि प्रस्ताव आएको एक बोर्ड सदस्यले बताए। मधेश प्रदेशसँगै सुदूरपश्चिम, बागमती प्रदेशले पनि एघारौं आयोजना गर्न दाबी गरेका छन्।

बिहीबार पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुदको समापन हुँदैछ। समापनमा कर्णाली प्रदेशलाई दशौं राष्ट्रिय खेलकुदका लागि झण्डा हस्तान्तरण गरिनेछ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्