पश्चिम दाङकाे विकासका लागि गठबन्धन : गिरी – Kanika Khabar
Monday, November 17Nepali News Portal

पश्चिम दाङकाे विकासका लागि गठबन्धन : गिरी

    मा प्रकाशित
देविराम कुसारी
बैंसा (दाङ), कार्तिक ३।
पश्चिम दाङकाे समग्र विकासकाे लागि पाँच दलिय गठवन्धन आवश्यक भएकाे गवन्धनका उमेदवारले दावी गरेका छन् । पश्चिम दाङकाे बैंसामा भएकाे चुनावि सभालाई सम्वाेधन गर्दै गठ वन्धनका प्रतिनिधि सभा सदस्यका उमेदवार दिपक गिरीले पश्चिम दाङकाे विकासका लागि आफुले विगतमा गरेका विकास निर्माण काम र अरुले गरेकाे कामलाई तुलना गर्न आग्रह गर्नु भएकाे छ । सभालाई सम्वाेधन गर्दै काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका गिरीले पश्चिम दाङकाे विकासमा काँग्रेस र माओवादी केन्द्र नै अग्र पंतिमा रहेकाे दावी गर्नुभयाे ।
सभालाई सम्वाेधन गर्दै प्रदेश सभा सदस्य उमेदवार धनबहादुर मास्किले आफुहरु पश्चिमवासी भएका कारण पनि आफुहरुलाई पश्चिम दाङकाे बढी माया हुने र विकासमा हाेमिने प्रतिवद्धता व्यक्त गर्नुभयाे । नेपाली काँग्रेस शान्तिनगर ५ का उपसभापती हेमबहादुर वस्नेतकाे अध्यक्षतामा भएकाे सभालाई सम्वाेधन गर्दै काँग्रेसका केन्द्रिय सदस्य गेहन्द्र गिरी, निर्वाचन कमिटिका अध्यक्ष कुबेर वली, समाजवादी पार्टिका केन्द्रिय सदस्य अनारकली मियाँले गठवन्धन समयकाे माग भएकाे हुदा गठवन्धनका उमेदावरलाई जिताउन आवश्यक भएकाे वताएका थिए ।
"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्