गाेरखा माविलाई `वर्ष सर्वाेत्कृष्ट स्कुल´ अवार्ड – Kanika Khabar
Friday, March 29Nepali News Portal

गाेरखा माविलाई `वर्ष सर्वाेत्कृष्ट स्कुल´ अवार्ड

    मा प्रकाशित

कार्तिक ३, दाङ ।

दाङ जिल्लाको घाेराही उपमहानगरपालिका वडा नं. १४ मा अवस्थित गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घाेराहीलाई `वर्ष सर्वाेत्कृष्ट स्कुल´ अवार्ड (लुम्बिनी प्रदेश) प्रदान गरिएको छ। सो अवार्ड कलेज रिडर्सले आयोजना गरेको एक भब्य समारोहका बीच संयुक्त अरब अमिरात (UAE)को दुबईमा विद्यालयका प्रिन्सिपल मानसिं घर्तीलाई प्रदान गरिएकाे हाे ।

साेही अवसरमा गाेरखा ग्रुप दाङका अध्यक्ष मानबहादुर बुढालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएकाे थियाे ।

कार्यक्रमका प्रमुख अतिथि दुबई बिजनेस काउन्सिलका अध्यक्ष डा. आशिक अली, विशेष अतिथि दुबई सरकारका प्रतिनिधि एवं दुबईका सुरक्षा प्रमुख महमद हुसेन र मधेश विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक शाक्यले संयुक्त रुपमा अवार्ड वितरण तथा सम्मान गर्नु भएको थियो ।

उक्त कार्यक्रममा नेपाल भरका विभिन्न विद्यालय, क्याम्पस, तथा शैक्षिक प्रतिष्ठानहरुलाई ३४ विधामा र १६ जना व्यक्तिहरु सहित जम्मा ५० वटा अवार्डहरु वितरण गरिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्