पाठ्यक्रममा तिहार : तिहार मनाउँदै, सिकाइ सीप सिक्दै विद्यार्थी – Kanika Khabar
Thursday, April 25Nepali News Portal

पाठ्यक्रममा तिहार : तिहार मनाउँदै, सिकाइ सीप सिक्दै विद्यार्थी

    मा प्रकाशित

कार्तिक ४, दाङ ।
दाङको घोराहीमा अवस्थित राजविद्या पाठशालाका विद्यार्थीहरु तिहार मनाउँदै तिहार सम्बन्धी सिकाइ सीप सिकेका छन् ।

विद्यालयले तयार पारेको ‘हाम्रा चाडपर्व’ शीर्षकको स्थानीय पाठ्यक्रम अन्तर्गत तिहार पर्वका बारेमा विद्यार्थीलाई प्रयोगात्मक सीप सिकाइएको विद्यालयले जनाएको छ ।
तिहारको महत्व, तिहार मनाउनुका कारण, तिहार कसरी मनाइन्छ, यमपञ्चकमा ककसको पूजा किन र कसरी गरिन्छ, देउँसी भैलोे खेल्नुका कारण लगायतका विषयमा विद्यार्थीहरुलाई सिकाइ सीप सिकाइएको विद्यालयका प्रिन्सिपल टीकाजंग बिकेले बताए । ‘विद्यालयले तयार पारेको स्थानीय पाठ्यक्रमलाई हामीले सैद्धान्तिक र प्रयोगात्मक रुपमा अध्ययन गराउने गर्दछौँ । हामी तिहारको सँघारमा छौँ, तिहारका पर्वका बारेमा विद्यार्थीहरुलाई ज्ञान दिन पनि आजको कार्यले महत्वपूर्ण भूमिका निर्वाह गरेको जस्तो हामीलाई लागेको छ । यस्ता गतिविधिले विद्यार्थीलाई व्यवहारिक ज्ञान दिनुका साथै व्यवहारिक मैत्री पनि बनाउने हाम्रो अपेक्षा रहेको छ ।’ प्रिन्सिपल बिकेले भने ।

तिहार पर्व विषयक स्थानीय पाठ्यक्रम सिकिरहेका विद्यार्थीहरुले काग तिहार, कुकुर तिहार, लक्ष्मीपूजा, गोवद्धन पूजा, भाइटीका लगायतका विषयमा सिकाइ गरे ।
‘हामीले तिहार मनाउँथ्यौँ, दाजुभाइलाई टीका लगाइदिन्थ्यौँ अनि तिहार सकिन्थ्यो । तर, त्यति मात्र रहेनछ । यमपञ्चकका पाँचै दिन गरिने कार्यको महत्वसमेत बुझ्न सजिलो भयो ।’ कक्षा ७ की छात्रा आहाना भण्डारीले भनिन् ।

`लक्ष्मीपूजा कसरी गर्ने, पूजाकाे विधि तथा लक्ष्मीपूजा गर्नुका कारण समेत आज हामीले थाहा पायाैँ ।´ कक्षा ६ कि छात्रा साकुरा बुढाले भनिन् ।

विद्यार्थीले पूजा प्रविधि मात्र सिकेनन् देउँसी र भैलाे पनि खेले । ` हामी देउँसी र भैलाे मात्र खेलाैनाैँ देउँसी र भैलाेकाे महत्व पनि बुझ्याैँ । ´ कक्षा ७ का छात्र अभि श्रेष्ठले बताए ।

अझै दाङको घोराही उपमहानगरपालिकामा स्थानीय पाठ्यक्रम निर्माण भइसकेको छैन । स्थानीय निकायबाट स्थानीय पाठ्यक्रम लागू नभइसकेको अवस्थामा विद्यालयले आफै स्थानीय पाठ्यक्रम निर्माण गरी प्रयोगमा ल्याएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्