सातै प्रदेशमा चुनाव लक्षित प्रदेशस्तरीय सुरक्षा बैठक – Kanika Khabar
Sunday, September 15Nepali News Portal

सातै प्रदेशमा चुनाव लक्षित प्रदेशस्तरीय सुरक्षा बैठक

    मा प्रकाशित

कार्तिक ६, दाङ ।
गृह मन्त्रालयलेसातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा बैठकआयोजना गर्ने भएको छ । आउँदो मङ्सिर ४ गतेका लागि तय भएको निर्वाचनलाईसफल बनाउने उद्देश्यले मन्त्रालयले आजदेखि प्रदेशस्तरीय सुरक्षा बैठक आयोजना गर्न लागेको हो ।

आज बाग्मती प्रदेशमा बैठक बस्ने तयारी भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले निर्वाचनमा आवश्यक सुरक्षा प्रदान गर्न विभिन्न खाले रणनीतिसमेत तय गरिरहेको छ । प्रदेशस्तरीय सुरक्षा बैठकले सुरक्षा रणनीति तय गर्नसमेत सहयोग पु¥याउने गृहले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले निर्वाचनका लागि सातै प्रदेशको सुरक्षा अवस्था बुभ्mन तथा त्यहाँको सुरक्षा अवस्था प्रभावकारी बनाउने उद्देश्यले प्रदेशस्तरीय सुरक्षा बैठकको आयोजना गरिएको बताउनुभयो ।

गृह सचिवको अध्यक्षता र गृहमन्त्रीको प्रमुख आतिथ्यतामा हुने बैठकमा केन्द्रीय सुरक्षा निकायका प्रमुख, प्रदेशस्तरीय सुरक्षा निकाय प्रमुख, प्रदेशअन्तर्गतका सबै जिल्लाका तीनवटै निकायका सुरक्षा प्रमुखहरू, प्रमुख जिल्ला अधिकारीहरू, प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री र सचिवलगायतको उपस्थिति रहनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्