कार्तिक ६, दाङ ।
दाङको बबई नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई किशाेरीकाे शव भेटिएकाे छ । बबई नदीमा नुहाउन गएका दुई किशोरी डुबेरर वेपत्ता भएको २८ घण्टापछि मृत अवस्थामा फेला परेका हुन् ।
घटना स्थलमा रहेका दंगीशरण गाँउपालिका २ का वडा अध्यक्ष डम्बर खत्रीका अनुसार उनीहरुको शव स्थानीयले आज आइतबार दिउँसो साढे ३ बजे फेला पारेका हुन् ।
डुबेको स्थानदेखि झन्डै १५ मिटरको दुरीमा करिब १० मिटर गहिराइमा दुबैजना एकै ठाँउमा घोप्टो परेको अवस्थामा फेला परेको वडा अध्यक्ष खत्रीले जानकारी दिए ।
शव पोष्टमार्टमको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लग्ने तयारी भइरहेको पहरीले बताएको छ ।
उनीहरु दुबै जना नुहाउने क्रममा शनिबार दिउँसो पौने २ बजेतिर डुबेर बेपत्ता भएका थिए ।