गठबन्धनको जित सुदूरपश्चिमलाई अवसर : प्रधानमन्त्री – Kanika Khabar
Thursday, September 19Nepali News Portal

गठबन्धनको जित सुदूरपश्चिमलाई अवसर : प्रधानमन्त्री

    मा प्रकाशित

कार्तिक ६, दाङ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गर्दै निर्वाचनमा विजयी भएको खण्डमा सुदूरपश्चिमले बढी भाग पाउने बताउनुभएको छ । आज धनगढीमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले गठबन्धनले जिते धेरै अवसर हुने बताउनुभयो ।

चुनावपछि पनि गठबन्धनकै सरकार बन्ने उहाँको भनाइ छ । सुदूरपश्चिममा एकता जरुरी रहेको बताउँदै उहाँले नेपाल अहिले महत्वपूर्ण मोडमा उभिएकाले गठबन्धनका उम्मेदवारहरुले जित्नैपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौतामा हस्ताक्षर गरेकै दिन आफूले रुखमा भोट हाले सरह भएको बताउनुभयो । संविधान नै धरापमा पार्न खोजेपछि गठबन्धन बनेको उल्लेख गर्दै उहाँले आगामी निर्वाचन अग्रगमन र प्रतिगमन चाहने बीचको महासंग्राम भएको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधानमाथि आक्रमण हुन थालेकाले गठबन्धनको अपरिहार्य आवश्यकता रहेको बताउनुभयो । गठबन्धन दलभित्र दोहोरो उम्मेदवारी परका ठाउँमा सकभर मिलाउन प्रयास हुने र नभए मित्रवत प्रतिस्पर्धा हुने उहाँको भनाइ रहेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्