दाङमा देउँसी भैलौ : बिहान ७ बजेदेखि राति ९ बजेसम्म – Kanika Khabar
Thursday, May 15Nepali News Portal

दाङमा देउँसी भैलौ : बिहान ७ बजेदेखि राति ९ बजेसम्म

    मा प्रकाशित

कार्तिक ६, दाङ ।

दाङमा राति ९ बजेपछि देउसी, भैलो खेल्न रोक लगाइने भएको छ । आइतवार जिल्ला प्रशासन कार्यालय दाङले एक विज्ञप्ति जारी गर्दै दीपावली र छठ पर्वको समयमा जिल्लामा हुनसक्ने घटनालाई लक्षित गर्दै देउसी भैलो कार्यक्रम बिहान ७ बजेदेखि राति ९ बजेसम्म मात्र खेल्न आग्रह गरेको छ ।

तिहारको समयमा दियो, मैनबत्ती, पाला बाल्ने एवं विद्युतीय उपकरण प्रयोग गरी दीपावली मनाउँदा आगजनी जस्ता विपत्जन्य घटना घट्नसक्ने भएकाले सोतर्फसमेत सचेत रहन अनुरोध गरेको छ । जिल्लाभर पटाकालगायत प्रज्वलनशील पदार्थको ओसारपसार नगर्न तथा पड्काउनसमेत रोक लगाएको छ ।

त्यस्तै जुवा तास लगायत कानून विपरीत कार्य गर्न नपाइने, कुनै व्यक्ति वा संस्थालाई आर्थिक दवाव दिएर वा रकम तोकेर देउसी भैलो तथा नाचगान कार्यक्रम गर्न नपाईने सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्