कार्तिक ६, दाङ ।
हिन्दु धर्मावलम्बीहरुको उज्यालोको पर्व दीपावली अर्थात तिहार आजदेखि सुरु भएको छ । दीपावली सुरु भएसँगै सहरदेखि गाउँसम्म झिलिमिली छ । बिधुतीय बत्तीको कारण पछिल्लो समय रात्रीकालीन समयमा उज्यालो देखिने घोराही लगायतको दाङ उपत्यका दीपावलीको समयमा बालिने बत्तीका कारण हिजोआज अझ आकर्षक समेत देखिने गरेको छ । यी तस्वीरहरू तिहारकाे सुरुको दिन अर्थात यमपञ्चकको साझ घोराही उपमहानगरपालिका-१३ को मौलाकोटबाट लिएका तस्वीरहरु ।
तस्वीरहरू: माधव केसी