मा प्रकाशित
कार्तिक ७, दाङ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४ औँ जन्मजयन्ती आज मनाइँदैछ । नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिनुभएका देवकोटा १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात लक्ष्मी पूजाका दिन काठमाडौँको डिल्लीबजारमा जन्मनु भएको थियो ।
महाकवि देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।
देवकोटाको नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक ‘मुनामदन’ खण्डकाव्य हो ।