नेपाली काँग्रेसले आज पनि घोषणापत्र सार्वजनिक नगर्ने – Kanika Khabar
Friday, February 14Nepali News Portal

नेपाली काँग्रेसले आज पनि घोषणापत्र सार्वजनिक नगर्ने

    मा प्रकाशित

कार्तिक ७, काठमाडौँ ।

नेपाली काँग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको घोषणापत्र आज पनि सार्वजनिक नगर्ने भएको छ ।

काँग्रेसले घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम पटक, पटक स्थगित गरेको हो । काँग्रेसले हिजो साँझ ५ बजे घोषणापत्र सार्वजनिक गर्ने बताएकोमा अन्तिम समयमा आएर आज बिहान साढे १० बजेका लागि समय तोकेको थियो ।

तर आज बिहान ८ बजे एक विज्ञप्ती जारी गर्दै अर्को सूचना नहुन्जेसम्मका लागि घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगन गरेको जनाएको छ ।

नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गर्ने भनिएकोमा अन्तिम समयमा आएर कार्यक्रम स्थगित भएको बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्