वडाध्यक्ष पाण्डे रातभर आगाे नियन्त्रण खटिए – Kanika Khabar
Sunday, September 15Nepali News Portal

वडाध्यक्ष पाण्डे रातभर आगाे नियन्त्रण खटिए

    मा प्रकाशित

दाङ ८, कार्तिक ।

दाङकाे घाेराहीमा तीन फर्निचरमा आगलागी भएर कराेडाैँ क्षति भएकाे छ । मध्यरातमा आगलागी भएपछि घाेराही १५ सहिद उमेश मार्गमा अवस्थित न्यू दाजुभाइ, दाजुभाइ, ओम प्रकृति फनिचर उद्योग र स्टार दाजुभाइ चार वटा फर्निचर उद्योगमा आगलागी भएर पूर्ण रूपमा नष्ट भएका छन् ।

घाेराहीकाे सहिद उमेश मार्ग राेडमा रहेकाे तीन वटा फर्निचर उद्याेगमा लागेकाे आगाे नियन्त्रणका लागि वडा नं.१५ का वडाअध्यक्ष रमेशकुमार पाण्डे रातभर खटेका छन् ।

फर्निचरसँगै सटेकाे घरकाे पछिल्लो भागमा पुगेकाे क्षति

राति जानकारी पाएपछि घटनास्थलमा पुगेका पाण्डे आगाे पूर्ण नियन्त्रण हुँदासम्म फिल्डमा क्रियाशील मात्र रहेनन् आफैं आगाे नियन्त्रणका लागि पानीका पाइप साेझ्याउन समेत सक्रिय रहे ।

आगलागी भएकाे दृश्य

`आगलागी भए लगत्तै मैले खबर पाएँ, खबर पाउनसाथ म घटनास्थल आएँ । आगाे नियन्त्रण कार्य जारी थियाे । दमकलले पानीका फाेहाेरा फ्याँकिरहेका थिए । मैले जेसिभि मगाएर वरपरका घरलाई सुरक्षित राख्नका लागि सटेका टहरा भत्काउन थाल्याैँ । आगलागी भइसकेकाे पछिल्लो भागमा पुग्न दमकललाई बाटाे थिएन, जेसिभिले तत्काल बाटाे बनायाे र पछाडिकाे स्थानसम्म पुग्न दमकललाई सजिलाे भयाे ।´ वडाध्यक्ष पाण्डेले भने ।

फर्निचर स्थल

नेपाल प्रहरी, सशस्त्र प्रहरीले घाेराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाकाे सहयाेगमा आगाे पूर्ण नियन्त्रण गरिएकाे हाे ।
विद्युत सर्ट भएर आगलागी भएकाे प्रहरीले जनाएकाे छ ।
आगलागी स्थलमा घाेराही उपमहानगरपालिकाका विपत् व्यस्थापन समितिका काेही पनि उपस्थित नभएकाे स्थानीयबासीले बताए । ` वडा नं. १५ का वडाध्यक्षबाहेक कुनै जनप्रतिनिधि पनि देखिनु भएन । रातभर वडाध्यक्ष पाण्डे मात्र स्थानीय र प्रहरी प्रशासनकाे साथमा रहेर आगाे नियन्त्रणमा लागिरहनुभयाे ।´ एक स्थानीयले बताए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्