घोराहीमा भएको आगलागीको घटनाप्रति प्रदेशसभाका उमेद्वार खनालद्वारा दुःख व्यक्त – Kanika Khabar
Sunday, September 15Nepali News Portal

घोराहीमा भएको आगलागीको घटनाप्रति प्रदेशसभाका उमेद्वार खनालद्वारा दुःख व्यक्त

    मा प्रकाशित

दाङ, ८ कार्तिक ।

नेपाली कांग्रेसका नेता एवं प्रदेश सभा सदस्य क्षेत्र नम्बर २ (१) का उमेद्वार राजु खनालले सोमवार राति घोराहीमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
खनालले पत्रकारहरुसँग कुरा गर्दै लक्ष्मीपूजाको राति घोराही उपमहानगरपालिका वडा नम्बर १५ सहिद उमेश मार्गमा रहेको फर्निचर उद्योगमा भएको आगलागीप्रति दुःख व्यक्त गरेका हुन् । उनले हिन्दुहरुको महान् पर्व शुभ–दिपावलीको संघारमा यस्तो घटना घट्नुले आफूलाई अत्यन्तै दुखित् बनाएको बताए।

आगलागीबाट ६५ बढी मजदुर कार्यरत तीन वटा फर्निचर उद्योग, खाजाघरमा पूर्ण रुपमा जलेर करोडौँको क्षति हुनु र वरिपरिका घरहरुमा पनि ठुलो क्षति हुनु दुःखद् भएको बताएका छन् ।

साथै उनले आगलागी पिडीतहरुलाई राहतको व्यवस्था गर्न सरोकारवालाहरुसँग अनुरोध गरेका छन् ।

सोमवार राति भएको आगलागीबाट दाजुभाइ फर्निचर उद्योग, न्यू दाजुभाइ फर्निचर उद्योग, ओम प्रकृति फनिचर उद्योग र स्टार फर्निचर उद्योगसँगै सटेको एक खाजाघरमा पूर्ण रुपमा क्षति हुनु र वरिपरिका घरहरुमा पनि ठुलो क्षति भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्