फिलिपिन्समा ६ दशमलब ४ रेक्टर स्केलको भूकम्प – Kanika Khabar
Thursday, June 12Nepali News Portal

फिलिपिन्समा ६ दशमलब ४ रेक्टर स्केलको भूकम्प

    मा प्रकाशित

एजेन्सी ।
फिलिपिन्समा ६ दशमलब ४ रेक्टर स्केलको भूकम्प जाँदा १ जनाको मृत्यु भएको छ भने ४३ जना घाइते भएका छन् । स्थानीय समय अनुसार गए राति १० बजेर ५९ मिनेट जाँदा उत्तरी फिलिपिन्सको डोलोर्स सहर नजिकै केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

प्रहरीका अनुसार राष्ट्रपति फर्डिनान्ड मार्कोसको निवास रहेको प्रान्त इलोकोस नोर्टेमा कम्तीमा २६ जना घाइते भएका छन् । यस्तै अन्य क्षेत्रमा अरू व्यक्तिहरू घाइते भएका छन् । भूकम्पको क्षतिका कारण प्रदेश राजधानी लाओगको अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गर्न आदेश आज दिइएको छ ।

 

परकम्पहरू जानसक्ने भन्दै विज्ञ तथा सरकारी अधिकारीहरूले सचेत रहन नागरिकहरूलाई आग्रह गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्