काठमाडौँ, १० कार्तिक ।
२०७२ सालको भुकम्प गएको ८ वर्ष पुग्न लाग्दा पनि काठमाण्डौं उपत्यकाकै सांस्कृतिक तथा ऐतिहासिक महत्वका सम्पदाहरूको पुनःनिर्माण सम्पन्न भैसकेको छैन ।
विश्व सम्पदा सूचिमा सूचिकृत केहि पुरातात्विक सम्पदाहरुको निर्माणलाई प्राथमिकता दिए पनि बाँकी ५० प्रतिसत पुनःनिर्माणको काम बाँकी रहेको पुरातत्व बिभागले जनाएको छ । भूकम्पले २० जिल्लामा ७५३ वटा सम्पदाहरू क्षतिग्रस्त भएका थिए भने ३०० जति सम्पदाको निर्माण अझै सुरु नभएको र भएकाको पनि पुरातात्वीक महत्वलाई ध्यान नदिएको बिभागले जनाएको छ ।
पाटनको देगुतलेजु मन्दिर पुर्ननिर्माणका लागि भत्काइरहेको अवस्था लामो समय सम्म रहनुमा सरकार कै कमजोरी रहेको ललितपुर महानगरपालिकाका मेयर चिरीवावु महर्जन बताउनु हुन्छ ।
भुकम्पमा लडेको ललितपुरको स्वठमा रहेको राधाकृष्ण मन्दिरको पुर्ननिर्माण कार्य अझै पुर्णरुपमा सम्पन्न हुन सकेको छैन । भूकम्पमा क्षति पुगेका ललितपुर, भक्तपुर र काठमाण्डौंका धेरै सम्पदा अझै उठ्न सकेका छैनन् । तत्कालिन प्रधानमन्त्री केपी ओलीले पुर्ननिर्माणको महाअभियान सुरु गरेको बुंगमती अझै उठ्न सकेको छैन ।
बुङ्गमतीको रातो मच्छिन्द्रनाथ, शंखमुलको जगतनारायण मन्दिर, पाटन सुन्धाराको उमामहेश्वर लगायत सम्पदा पुननिर्माणको काम अझै सम्पन्न हुन सकेको छैन ।