मा प्रकाशित
काठमाडौँ, ११ कार्तिक ।
यस वर्षको तिहार सकिएको छ । हिजो दाजुभाइले दिदीबहिनीको हातबाट टीका लगाएसँगै यस पर्वको तिहार सकिएको हो ।
यमपञ्चक समेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन भाइटीका मनाउने गरिन्छ । यो दिन दिदीबहिनीले दाजुभाईलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।
तिहारमा काग, कुकुर, गाईगोरु र दाजुभाईको पूजा गर्ने गरिन्छ । तिहार सकिएसँगै छठ पर्वको तयारी सुरु भएको छ । छठ पर्व पर्सि आईतवार परेको छ । पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।