टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज दुई खेल हुँदै – Kanika Khabar
Friday, April 18Nepali News Portal

टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज दुई खेल हुँदै

    मा प्रकाशित

दाङ, ११ कार्तिक ।
टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा अफगानिस्तान र आयरल्याण्ड नेपाली समय अनुसार बिहान पौने १० बजे खेल्नेछन् । अर्को खेल दिउँसो पौने २ बजे इङ्ल्याण्ड र अस्टे«लियाबीच हुनेछ ।

यसअघि हिजो भएका खेलहरुमा भारत, दक्षिण अफ्रिका र जिम्बावे बिजयी भएका छन् । जिम्बावेले पाकिस्तान माथि १ रनको रोमाञ्चक जित हाँसिल ग¥यो ।

एक सय ३१ रनको लक्ष्य पछ्याएको पाकिस्तान निर्धारित ओभरमा ८ विकेट गुमाएर एक सय २९ रन मात्रै बनाउन सफल भयो । लगातार दोस्रो हारसँगै पाकिस्तानको सेमिफानलको सम्भावना कठिन बनेको छ ।

यस्तै हिजै भएका खेलहरुमा भारतले नेदरल्याण्डलाई ५६ तथा दक्षिण अफ्रिकाले बङ्गलादेशलाई १ सय ४ रनले हराएका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्