मतदान केन्द्रमा निर्वाचन सामग्री पठाउन सुरू – Kanika Khabar
Sunday, April 27Nepali News Portal

मतदान केन्द्रमा निर्वाचन सामग्री पठाउन सुरू

    मा प्रकाशित

काठमाडौँ, १२ कार्तिक ।
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदान केन्द्रमा निर्वाचन सामग्री पठाउन सुरू गरेको छ । आयोगले हिजोदेखि निर्वाचन सामग्री पठाउन सुरु गरेको हो । ती सामग्री जिल्ला निर्वाचन कार्यालयले निर्वाचन अधिकृतलाई पठाउनेछ । निर्वाचन अधिकृतले मतदान अधिकृतलाई सामान दिएर मतदानस्थलमा पठाउनेछ ।प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकको मतपत्र भने कात्तिक २७ सम्म पुग्ने आयोगले जनाएको छ । मङ्सिर १ गतेसम्म मतदान अधिकृतलाई सामग्री हस्तान्तरण गरी सम्बन्धित क्षेत्रमा पु¥याउने योजना रहेको आयोगले जनाएको छ ।

आयोगले मतदान केन्द्रमा आवश्यक पर्ने मतपेटिका, छेकाबारा, स्वस्तिक छापलगायत ५८ प्रकारका सामग्री पठाएको हो । जिल्ला निर्वाचन कार्यालयले १५ प्रकारका सामान जिल्ला तहमै खरिद गर्नुपर्ने हुन्छ ।

आयोग प्रवक्ता शालिग्राम पौडेलका अनुसार सुदूरपश्चिम र कर्णालीमा आवश्यक पर्ने प्रत्यक्षतर्फका मतपत्र र मतदान गर्ने टेबलमा ओछ्याउने रबर म्याटबाहेक सबै सामग्री पठाइसकेको छ ।

प्रत्यक्षतर्फको मतपत्र पनि पर्सि सोमबारदेखि ढुवानी सुरु हुने आयोगले जनाएको छ । कर्णाली र सुदूरपश्चिममा पहिलो चरणमा पठाउने आयोगको तयारी छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्