दाङमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु – Kanika Khabar
Saturday, June 14Nepali News Portal

दाङमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

    मा प्रकाशित

दाङ, १२ कार्तिक ।
दाङको तुलसीपुरस्थित मदन–आश्रीत चोकमा भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका –१७ मजगैं निबासी २४ वर्षका रवि बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन गौतमले जानकारी दिनुभयो ।

गएराति पौने ९ बजे तुलसीपुर उपमहागनरपालिका – ६ को मदनआश्रित चोक नजिकै अनियन्त्रित भएर रा ७प १६२९ मोटरसाइकल पल्टिंदा बस्नेत घाइते हुनुभएको थियो । घाइते बस्नेतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लग्दै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्