सन् २०३५ देखि पेट्रोल तथा डिजेलबाट चल्ने कारको विक्रीमा प्रतिबन्ध लगाउने इयूको प्रस्ताव पारित – Kanika Khabar
Thursday, September 19Nepali News Portal

सन् २०३५ देखि पेट्रोल तथा डिजेलबाट चल्ने कारको विक्रीमा प्रतिबन्ध लगाउने इयूको प्रस्ताव पारित

    मा प्रकाशित

एजेन्सी ।
यूरोपियन यूनियन (इयू)ले सन् २०३५ देखि २७ ओटा देशहरुमा पेट्रोल तथा डिजेलबाट चल्ने कारको विक्रीमा प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ ।विद्युतीय सवारीसाधनलाई बढावा दिन र जलवायु परिवर्तन उत्पन्न समस्यासँग जुध्न ईयूले डिजेल र पेट्रोलबाट चल्ने कारको विक्रीवितरणमा प्रभावकारी ढङ्गले प्रतिबन्ध लगाउने कानून पारित गरेको हो।

यूरोपियन कमिसन, यूरोपियन संसद र कार निर्माता कम्पनीहरुबीच डिजेल तथा पेट्रोल कारको विक्रीवितरणमा प्रतिबन्ध गाउने सहमति भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्