गठबन्धनका उम्मेदवारसँग आफ्ना समस्या राख्दै मतदाता – Kanika Khabar
Thursday, September 19Nepali News Portal

गठबन्धनका उम्मेदवारसँग आफ्ना समस्या राख्दै मतदाता

    मा प्रकाशित

दाङ, १३ कार्तिक ।

दाङको घोराही उपमहानगरपालिका वडा नं १४ जनमैत्री टोलका स्थानीयहरूले आफ्ना समस्याहरू गठबन्धनका उम्मेदवारहरूसँग राखेका छन् ।
उनीहरूले गठबन्धनका उम्मेदवारहरूले जिते मात्र विकास र समृद्धि सम्भव भएकाले आफूहरूले विजय गराउन सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

जनमैत्रि टोलकि उपाध्यक्ष मनिराम वलीले यहाँका जनतालाई जिविका चलाउन गाह्रो भएको बताउनुभयो । उहाँले यहाँको सडकको अवस्था नाजुक भएको, पुल देखि बस्तीसम्म आउने बाटो ग्राभेल गर्नुपर्ने, नाला नहुँदा समस्या भएको, विजुलीका तारको उचित व्यवस्थापन गर्न आवश्यक भएको जानकारी दिनुभयो ।

त्यसैगरी अर्का स्थानीय खोलाको किनारमा तटबन्ध गर्न आवश्यक भएको बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रेखा शर्माले गठबन्धनको विजय पछि मात्र समृद्धि सम्भव भएको बताउनुभयो । उहाँले महिला, दलित, जनजाति र पछाडि पारिएका वर्गको हितका लागि गठबन्धन कतिबद्घ भएको बताउनुभयो ।

प्रदेशसभा सदस्य दाङ २ ९१० का उम्मेदवार राजु खनालले गठबन्धनको विजय निश्चित भएको बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्