छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै – Kanika Khabar
Thursday, June 12Nepali News Portal

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

    मा प्रकाशित

काठमाडौँ, १३ कार्तिक ।
छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठपर्वमा सूर्यको पूजा, आराधना गरिन्छ । आजको दिन व्रतालुले निर्जला व्रत बस्ने गर्छन् ।

आज व्रत बसेकाहरु साँझपख जलाशयमा डुबेर अस्ताउँदो सूर्यलाई अर्घसहित पूजा गर्दछन् । आज अस्ताउँदो सूर्यलाई पूजा गरिसकेपछि भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ चढाएपछि छठ पर्व समापन हुन्छ । छठमा विशेष गरी छठी माईको पूजा गरिन्छ। परापूर्वकालदेखि नै छठ पर्व मनाउने गरिएको इतिहास छ। त्रेतायुगमा राजा दशरथकी रानी कौशल्याले छठको व्रत लिएको कुरा रामायणमा उल्लेख छ ।

त्यस्तै, द्वापर युगमा चौध वर्षको वनवास बसेको समयमा कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको प्रसङ्ग महाभारतमा उल्लेख छ।यो पर्व नेपालमा मात्र नभइ भारतमासमेत धुमधामका साथ मनाइन्छ। नेपालको तराई क्षेत्रमा मात्र मनाइने गरिएको यस पर्व केहिवर्षयता देशभर मनाउन थालिएको छ ।

छठ पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । छठ पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले शुभकामना सन्देश दिनुभएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्