प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदै, आज दुई खेल हुने – Kanika Khabar
Thursday, June 19Nepali News Portal

प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदै, आज दुई खेल हुने

    मा प्रकाशित

प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । आज किर्तिपुरमा सशस्त्र प्रहरीको एपिएफ क्लब र त्रिभूवन आर्मी क्लब बिहान साढे ९ बजे खेल्नेछन् । यस्तै बिहान साढे ९ बजे नै नेपाल पुलिस क्लव र बागमती प्रदेश मुलपानी मैदानमा खेल्नेछन् ।

 

कीर्तिपुर र मुलपमानी क्रिकेट मैदानमा आउँदो २६ गतेसम्म हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टोली सहभागी हुने छन् । १ करोड ५० लाख रूपैयाँको लागतमा हुने प्रतियोगितामा ६० लाख रूपैयाँ राष्ट्रिय खेलकुद परिषद्ले उपलब्ध गराउने कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले जानकारी दिनुभयो ।प्रतियोगिताको विजेताले १० लाख, उप–विजेताले ५ लाख र सेमिफाइनल पुग्ने टीमले ५० हजार रूपैयाँ पाउनेछन् ।

 

यस्तै उत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही २० हजार रूपैयाँ र इमर्जिङ प्लेयरले १० हजार रूपैयाँ पाउनेछन् ।यसैगरी हरेक खेलका प्लेयर अफ द म्याचले ५ हजार रूपैयाँ पाउनेछन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्