सियोलमा भागदौड : १ सय ४९ जनाको मृत्यु, ७६ जना घाइते – Kanika Khabar
Thursday, September 19Nepali News Portal

सियोलमा भागदौड : १ सय ४९ जनाको मृत्यु, ७६ जना घाइते

    मा प्रकाशित

एजेन्सी ।
दक्षिण कोरियाको राजधानी सियोलमा भागदौड हुँदा १ सय ४९ जनाको मृत्यु भएको छ । अन्य ७६ जना घाईते भएका छन् । गएराति हलोविन मनाउन जम्मा भएको भिड बढेपछि भागदौड भएको हो ।

 

भागदौडका क्रममा मृत्यु हुनेमा दुई जना विदेशी र धेरै २० वर्षमुनिका रहेका बीबीसीले जनाएको छ । घाइतेमध्ये १९ जनाको अवस्था गम्भिर रहेको र ५७ जनाको अवस्था सामान्य रहेको पनि खबरमा उल्लेख छ ।

 

राष्ट्रपति युन सुक–योलले घटनाको दुःख व्यक्त गर्दै घाइतेको उपचारका लागि कार्यदल गठन गर्न निर्देशन दिनुभएको छ । अहिलेसम्म घटनाको कारण खुलेको छैन । यसबारेमा अनुसन्धान हुने भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्