दार्चुला घटनाबारे नेपालले भारतलाई कूटनीतिक नोट पठायो – Kanika Khabar
Tuesday, September 17Nepali News Portal

दार्चुला घटनाबारे नेपालले भारतलाई कूटनीतिक नोट पठायो

    मा प्रकाशित

काठमाडौँ, १३ कार्तिक ।
दार्चुलामा ९ वर्षका बालक पवन महराको मृत्यु भएको घटनालाई लिएर नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ ।

काठमाडाँैस्थित भारतीय राजदूतावासमार्फत परराष्ट्र मन्त्रालयले आज भारतलाई कूटनीतिक नोट पठाएको हो । नोटमा पीडितलाई उचित राहत र क्षतिपूर्ति दिलाउनका लागि आग्रह गरिएको छ । यसका साथै अन्तर्राष्ट्रिय सिमानामा यस्ता गतिविधि गर्दा नेपाली पक्ष र सम्बन्धित स्थानीय प्रशासन र बासिन्दालाई समेत अगाडि नै जानकारी दिन नोट मार्फत भनिएको छ ।

यसअघि गृह मन्त्रालयले हिजो नै परराष्ट्र मन्त्रालयलाई कूटनीतिक नोट पठाउन पत्र पठाएको थियो । महाकाली नदीपारि तावाघाट–लिपुलेक सडक चौडा पार्ने क्रममा बम विस्फोट गराउँदा उछिट्टिएको ढुङ्गा लागेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षका बालक पवन महराको मृत्यु भएको थियो ।

यसैबीच भारतीय सडक निर्माण कम्पनी गर्ग एन्ड गर्गले घटनामा गल्ती स्वीकार गर्दै मृतकको परिवारलाई १० लाख रुपैयाँ भारु राहत उपलब्ध गराइसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्