युक्रेनसँगको ‘अन्न सम्झौता’ स्थगन गर्ने रूसको घोषणा – Kanika Khabar
Monday, April 21Nepali News Portal

युक्रेनसँगको ‘अन्न सम्झौता’ स्थगन गर्ने रूसको घोषणा

    मा प्रकाशित

रूसले संयुक्त राष्ट्रसंघको मध्यस्थतामा गरिएको अन्न सम्झौता तत्काल कार्यान्वयन स्थगित गर्ने घोषणा गरेको छ । सम्झौतापछि युद्धका समयमा पनि युक्रेनबाट ९० लाख टनभन्दा बढी अन्न निर्यात गर्न सम्भव भएको थियो ।

रूसको रक्षा मन्त्रालयले शनिबार अधिनस्थ क्रेमियाको तटीय क्षेत्रमा युक्रेनले आफ्ना ब्ल्याक सी फ्लिट जहाजहरुमाथि ड्रोन आक्रमण गरेको कारण देखाउँदै सम्झौता तोडेको जनाएको छ । युक्रेनले यो आरोप अस्वीकार गर्दै रूसले आफ्नै हतियारहरुको दुरुपयोग गरेको जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्