दाङ २(क) का दलित समुदायका अगुवाहरुको भेला सम्पन्न – Kanika Khabar
Tuesday, September 17Nepali News Portal

दाङ २(क) का दलित समुदायका अगुवाहरुको भेला सम्पन्न

    मा प्रकाशित

दाङ, १४, कार्तिक ।
आगामी मंसिर ४ गतेको निर्वाचनलाई मध्य नजर गर्दै दाङ जिल्ला क्षेत्र नं २(क) को गठबन्धन दलहरुको दलित समुदायका अगुवाहरुको भेला घोराहीमा सम्पन्न गरेको छ।

बङ्गलाचुली का ८ वडा र घोराही का ७ वटा वडा गरी १५ वटा वडा रहेको २(क) क्षेत्र का दलित समुदायका अगुवाहरुको उपस्थिति रहेको सो भेलामा बिभिन्न बिषयमा छलफल भएको थियो। भेलामा उपस्थित नेता तथा कार्कर्ताले दलित समुदायमा भोगेका बिभिन्न बिषयमा आवाज उठाएका थिए।
छलफलमा ज्योती नेपाली,पदमा परियार,लिलावती नेपाली ,मेघ बहादुर दमाई,राम बहादुर नेपाली बादी,भीम बहादुर नेपाली,यमराज नेपाली शिबराज परियार लगायतले सुझाव एवं गुनासा राख्नुभएको थियो।
भेलामा नेपाली कांग्रेस का लुम्विनि प्रदेशका समानुपातिक उमेदवार लिला नेपाली ,जनमाेर्चा नेपालका समानुपातिक उमेदवार गणेश आचार्य ,माआोबादी केन्द्रका केन्द्रीय सदस्य रमेश वलीले गठबंधन को औचित्य माथि प्रकाश पार्नुनभएको थियो।
भेलामा दाङ क्षेत्र नं २(क) का प्रदेश सभा सदस्य पदका उमेदवार राजु खनालले दलितहरुको अधिकारको सन्दर्भमा हरेक सुख दुखमा आफुले साथ दिने बचन दिदै आफुलाई मत दिएर बिजयी गराउन सबैलाई आह्वान गर्नुभएको थियो।
भेलामा बिशिष्ट अतिथिहरु नेपाली कांग्रेस दाङका पुर्व पार्टी सभापति बीरकेशरी गौतम,अर्का बिशिष्ट अतिथि नेपाली कांग्रेस दाङका पार्टी सभापति शंकर डाँगी,  नेपाली कांग्रेस २(क) का सचिव शिशिर अधिकारी, नेपाल दलित संघ दाङका अध्यक्ष बाबुराम बिश्वकर्माले सम्बोधन गर्नुभएको थियो।
भेलाका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य कृष्ण किशोर घिमिरेले आफु सधैभरि दलितका अधिकार प्राप्तिका लागि लड्दै आएको र सधैभरि दलित हरुका समस्या सॅ्बोधन गर्न लागिपर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो। उहाँले गठबन्धन अहिलेको आवश्यकता भएकोले गठबन्धनको जितले मात्र सबैको अधिकार सम्बोधन हुने बताउनुभयो।
निर्वाचन परिचालन उप समितिका दलित समुदायका संयोजक केशव नेपालीको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण गणेश बिश्वकर्माले गर्नुभएको थियो।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्